
Csb
Rks
Ksb
Fmb
Ksb
Ssb
Gsb
Nsb
Rsb
Tgp
Ssb
Bsn
Ppu
Ksb
Usb
jsb

Hl1
Gsb
Ssb
Usb
Tsb

ptl
Nps
Rgu
चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।
आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।
