
Mvp
Sds
Jsbus
Bdsbn
Ksm
Anm
Pbu
mbd
Rgs
gst
Mbdvs
Gmk
Jsbus
Gisld
Bdsbn
Rbs

Bbu
Bbbpu
Rgu
Ggd
Hal
Sls
Tsm
nsb
Wsp
Ksm
Rgs
Sbs
Ssm
Pvg
Gst
Rsb
Vor
Asm
Rgu

Pls
sab
Rpp
Jmb
Mks
Jmb
Rmb
Bml
Ptm
bbt
Syp
Gsb
Abd
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले समाजमा अझै विद्यमान जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्य गर्न दलित समुदायका युवाहरु नै अग्रपंक्तिमा उभिनुपर्ने बताएका छन् ।
दलित मानव अधिकार रक्षकहरुका लागि आयोजित समष्टिगत सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले दलित समुदायका युवाहरुले आफ्नो अधिकार, अवसर र पहिचानका लागि संगठित र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक रुपमा अझै विभिन्न प्रकारका विभेदका घटना देखिने गरेको उल्लेख गर्दै ती समस्याको अन्त्यका लागि चेतना,शिक्षा र नेतृत्व विकास आवश्यक रहेको बताए । “समाज परिवर्तनको प्रमुख शक्ति युवा वर्ग हो । दलित समुदायका युवाहरु आफैं सचेत,संगठित र सक्षम भए मात्रै विभेदमुक्त समाज निर्माण गर्न सकिन्छ,” नगर प्रमुख चौधरीले भने ।
त्यस्तै,उनले दलित समुदायले भोग्दै आएका ऐतिहासिक अन्याय र विभेदलाई अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । लमही नगरपालिकाले सामाजिक न्याय, समानता र समावेशी विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले दलित समुदायको सशक्तीकरणका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्य जारी रहने बताए ।
नगर प्रमुख चौधरीले समाजमा रहेका कुरीति, अन्धविश्वास तथा विभेदजन्य व्यवहारविरुद्ध आवाज उठाउन युवाहरुलाई आग्रह गर्दै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा दलित समुदायको सहभागिता अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार अधिकार प्राप्तिका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भएकाले समुदायभित्र चेतना अभिवृद्धि र नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
लमही नगरपालिका अन्तर्गत सञ्चालित “जनतासँग मेयर” कार्यक्रम मार्फत आयोजना गरिएको उक्त कार्यक्रमलाई दलित सचेतना अभियान दाङले प्राविधिक सहयोग गरेको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा दलित मानव अधिकार रक्षकहरुको क्षमता विकास, मानव अधिकार संरक्षण,कानूनी सचेतना, सामाजिक सुरक्षा तथा समुदायस्तरमा देखिएका विभेदका घटनाहरुको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीले स्थानीय तह, नागरिक समाज र समुदायबीचको सहकार्यबाट मात्रै सामाजिक रुपान्तरण सम्भव हुने बताए । उनले दलित समुदायका युवाहरुलाई आफ्नो क्षमता विकासमा ध्यान दिन,शिक्षा र सीप आर्जनमा जोड दिन तथा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गरे ।
यस्तै,उनले दलित समुदायको समान सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका गतिविधिहरु अघि बढाइरहेको बताउँदै पछाडि पारिएका वर्ग र समुदायलाई मूलधारमा ल्याउन विशेष कार्यक्रमहरु सञ्चालन गर्न राज्यले भूमिका निर्बाह गर्नु पर्ने बताए । दलित समुदायका युवाहले नेतृत्वदायी भूमिका निर्वाह गर्न सके समाजमा विद्यमान विभेदका जरा क्रमशः कमजोर बन्दै जाने अध्यक्ष नेपालीको विश्वास छ ।
नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा दलित सचेतना अभियान दाङकी उपाध्यक्ष सीता बुढा विकले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । कार्यक्रमको सञ्चालन सचिव सुमित्रा विकले गरेकी थिइन् ।
लामो समयदेखि दलित अधिकार, सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत पूजा विकले तालिमको सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुहुनेछ । तालिममा लमही नगरपालिकाका विभिन्न वडाबाट करिब ३० जना दलित युवा तथा मानव अधिकार रक्षकहरुको सहभागिता रहेको छ ।
आयोजकका अनुसार तालिमले दलित समुदायका युवाहरुमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै मानव अधिकार संरक्षण र सामाजिक न्यायका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ । साथै समुदायमा हुने विभेद तथा अन्यायका घटनाविरुद्ध सचेतना फैलाउन र कानुनी उपचारका उपायबारे जानकारी प्रदान गर्न पनि कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।
