
Ksbus
Lnp
Sdc
Ggp
Ksbus
Msbus
Asbus
Ggp
Rgp
चिप्लियो जहाज

काठमाडौं । कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना सकलन गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।
नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्। जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो। चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ।
