प्रिया स्मृती गजमेर बिहिबार, आषाढ ०४, २०८३

दाङ । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सामुदायिक वनलाई वन संरक्षणको माध्यमका रूपमा मात्र नभई स्थानीय विकास, रोजगारी सिर्जना र आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएकि छिन् ।

वन तथा वातावरण संरक्षण, सामुदायिक वनको विकास तथा वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका विषयमा बुधबार लमहीमा आयोजित डिभिजन वन कार्यालय दाङ र स्थानीय तहबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै उपप्रमुख योगीले सामुदायिक वनहरूले वातावरण संरक्षणसँगै स्थानीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताइन् ।

उनले वन क्षेत्रमा आधारित विभिन्न उद्यमहरू सञ्चालन गरी स्थानीय नागरिकको आयस्तर वृद्धि गर्न सकिने उल्लेख गर्दै वनजन्य उत्पादनको सदुपयोग,जडीबुटी खेती,वनमा आधारित साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गरेकि थिइन् । सामुदायिक वन उपभोक्ता समूहहरूलाई थप सशक्त र व्यवस्थित बनाउँदै उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् ।

उपप्रमुख योगीले वन संरक्षण र व्यवस्थापनका कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन् । वन संरक्षणका क्षेत्रमा महिलाहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले महिलामैत्री कार्यक्रमहरू सञ्चालन गरी उनीहरु लको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताइन् ।

त्यस्तै,उनले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने धारणा राखिन् । पछिल्लो समय जलवायु परिवर्तनका असरहरू बढ्दै गएको सन्दर्भमा वन क्षेत्रको संरक्षण र विस्तार झन् महत्वपूर्ण बन्दै गएको उनको भनाइ थियो ।

वन क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उपप्रमुख योगीले सामुदायिक वन, स्थानीय तह र सम्बन्धित निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन् । विकास र संरक्षणलाई सन्तुलित ढंगले अघि बढाउन सके मात्रै वन क्षेत्रबाट दीर्घकालीन लाभ लिन सकिने उनले स्पष्ट पारिन् ।

बैठकमा सहभागी जनप्रतिनिधि,वन उपभोक्ता समूहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूले वन संरक्षण, सामुदायिक वन व्यवस्थापन,वातावरणीय चुनौती तथा स्थानीय तहसँगको समन्वयका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन,सामुदायिक वनको सुदृढीकरण तथा स्थानीय आवश्यकताअनुसारका विकास कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]