
Rbs
Pbu
Gmk
Anm
Gisld
mbd
gst
Mbdvs
Sds
Ksm

Vor
Bbbpu
Ggd
Ssm
Sls
Wsp
Rgu
nsb
Bbu
Gst
Rgs
Rsb
Sbs
Tsm
Ksm
Hal
Rgu
Asm
Pvg

sab
Rpp
Bml
bbt
Pls
Jmb
Gsb
Mks
Ptm
Syp
Abd
Rmb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित EpiC (Meeting Targets and Maintaining Epidemic Control in Nepal) परियोजना सञ्चालन हुने भएको छ ।
परियोजनाको पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अमेरिकी सरकारको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको उक्त परियोजनाले विशेषगरी मातृ स्वास्थ्य, सुरक्षित प्रसूति, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने जनाएको छ ।
त्यस्तै,बैठकमा EpiC परियोजनाका प्राविधिक अधिकृत निधु दंगाल ले परियोजनाको उद्देश्य, कार्यक्षेत्र,अपेक्षित उपलब्धि तथा स्थानीय तहसँगको सहकार्यका विषयमा विस्तृत जानकारी गराएका थिए । उनले मातृ तथा नवजात शिशु स्वास्थ्यका सूचकहरूमा सुधार ल्याउन समुदाय, स्वास्थ्य संस्था र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, EpiC परियोजनाअन्तर्गत BASE संस्थाका कार्यक्रम संयोजक विवेक केसी, गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
बैठकमा प्रस्तुत तथ्यांकले गढवा गाउँपालिकामा कम उमेरमा गर्भधारण तथा प्रसूति हुने अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ । चालु आर्थिक वर्षको तथ्यांकअनुसार गाउँपालिकाका चार स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराएका २०८ महिलामध्ये ३६ जना २० वर्षभन्दा कम उमेरका रहेका छन् ।
तथ्यांक अनुसार कोइलाबास स्वास्थ्य चौकीमा १० जना सुत्केरीमध्ये २० वर्षमुनिका कुनै पनि नभए पनि गढवा स्वास्थ्य चौकीमा ६९ मध्ये १० जना, गंगाप्रसपुर स्वास्थ्य चौकीमा ६८ मध्ये ९ जना तथा गोबरडिहा स्वास्थ्य चौकीमा ६१ मध्ये १७ जना २० वर्षमुनिका महिलाले बच्चा जन्माएका छन् । यसले किशोरावस्थामै गर्भधारण हुने क्रम अझै उल्लेखनीय रहेको संकेत गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ले मातृ तथा शिशु स्वास्थ्य कुनै एक क्षेत्रको मात्र विषय नभई समग्र समाजको भविष्यसँग जोडिएको महत्वपूर्ण सवाल भएको बताए । उनले भने, “गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। तर प्रस्तुत तथ्यांकले कम उमेरमा गर्भधारण र प्रसूति हुने अवस्था अझै चिन्ताजनक रहेको देखाएको छ । यसलाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा मात्र पर्याप्त हुँदैन,अभिभावक,विद्यालय,समुदाय तथा स्थानीय सरकार सबैको साझा प्रयास आवश्यक हुन्छ । EpiC परियोजनाले गाउँपालिकामा मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं ।”
अध्यक्ष पोख्रेलले परियोजनाबाट स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि,समुदायमा जनचेतना विस्तार, सुरक्षित मातृत्व सेवाको पहुँच वृद्धि तथा किशोरी स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले स्वास्थ्य क्षेत्रको दिगो सुधारका लागि विकास साझेदार संस्थासँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परियोजनाको सफल कार्यान्वयनमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका सहभागीहरूले मातृ मृत्यु, नवजात शिशु मृत्यु तथा किशोरावस्थामा हुने गर्भधारणका जोखिम न्यूनीकरण गर्न समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकको सञ्चालन गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गरेका थिए ।
