
Pbu
Gisld
mbd
Sds
Mbdvs
Rbs

Bbu
Sbs
Sls
Ggd
Asm
Bbbpu
Vor
nsb
Pvg
Rgu
Tsm
Rgs
Ksm
Gst
Rsb
Wsp
Hal
Rgu
Ssm

Pls
bbt
Gsb
Abd
Bml
Ptm
Mks
Rpp
Jmb
sab
Syp
Rmb
Jmb
दाङ । जनता माध्यमिक विद्यालय कालाकाटेमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक गढवा गाउँपालिका वडा नम्बर १ निवासी देवलाल यादवलाई एक विशेष कार्यक्रमका बीच उच्च सम्मानका साथ बिदाइ गरिएको छ ।
वि.सं. २०४२ सालबाट शिक्षण पेशामा प्रवेश गरेका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म जनता माध्यमिक विद्यालय कालाकाटेमा निरन्तर रुपमा सेवा प्रदान गरेका थिए । करिब तीन दशकसम्म विद्यालयमा रही उनले हजारौँ विद्यार्थीको शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
बिदाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी,विद्यार्थी तथा अभिभावकहरुले उनको समर्पण, अनुशासन, इमान्दारिता र शिक्षाप्रतिको निष्ठाको उच्च प्रशंसा गरेका थिए । वक्ताहरुले यादवले विद्यालयको शैक्षिक उन्नयन र गुणस्तरीय शिक्षाका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहने बताएका थिए ।
कार्यक्रममा सम्मानपत्र,मायाको चिनो तथा खादा ओढाई उहाँप्रति सम्मान व्यक्त गरिएको थियो। बिदाइ मन्तव्य व्यक्त गर्दै यादवले विद्यालय परिवारप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा प्राप्त सहयोग, सद्भाव र मायाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै,शिक्षा क्षेत्रमा लामो समयसम्म पुर्याएको अतुलनीय योगदानका लागि उनको आगामी जीवन सुख, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो ।
