Sidha Patra बुधबार, जेठ २७, २०८३

दाङ । निजी क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाइमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि एक घण्टा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत दाङमा पनि धर्ना कार्यक्रम आयोजना गरिएको हो । पत्रकारहरुले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता र स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप भएको बताएका छन् ।

त्यस्तै,उनीहरुले सञ्चार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मिडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । धर्ना कार्यक्रममा पत्रकार महासङका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङ अध्यक्ष सन्तोष सुवेदी पुर्व अध्यक्ष केएल बुढाथोकी लक्ष्मी आचार्य लगाएतकाे सहभागिता रहेको थियो ।

यस्तै,धर्ना कार्यक्रममा सहभागी पत्रकारहरुले सरकार आफ्नो निर्णयबाट पछि नहटे र माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् । साथै, प्रेस स्वतन्त्रता,नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसबिच सरकारको स्वच्छाचारी निर्णय विरुद्ध दाङमा संकलन गरिएको हस्ताक्षर सरकारलाई पठाइएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई बुझाइएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]