
Gisld
Sds
Pbu
Mbdvs
mbd
Rbs

Asm
Pvg
Vor
Bbbpu
Wsp
Ksm
Rgu
Rgu
Rsb
Bbu
Ssm
Sls
Rgs
Hal
nsb
Gst
Sbs
Ggd
Tsm

Abd
Gsb
Rpp
Jmb
sab
Bml
Ptm
Rmb
Pls
Jmb
bbt
Syp
Mks
दाङ । आफ्नो जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै लुमाकान्त बोहोराले लमहीस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गरेका छन् ।
जन्मदिनको विशेष अवसरमा रक्तदान गर्दै बोहोराले रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूको जीवन बचाउन सानो भएपनि योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले जन्मदिन,विवाह वर्षगाँठ तथा अन्य विशेष अवसरहरुलाई सामाजिक सेवासँग जोड्न सके समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।
“रक्तदान जीवनदान हो । हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ,” भन्दै उनले स्वस्थ व्यक्तिहरुलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, लमहीमा गरिएको रक्तदान कार्यक्रमले मानव सेवाप्रतिको जिम्मेवारी र सामाजिक चेतनाको सन्देश दिएको स्थानीयवासीहरुले बताएका छन् । पछिल्लो समय युवापुस्ताले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई समाजसेवासँग जोड्न थालेको सन्दर्भमा बोहोराको यो कार्य उदाहरणीय बनेको छ ।
त्यस्तै,रक्तदान जस्तो पुण्य कार्यमार्फत आफ्नो जन्मदिन मनाउँदै लुमाकान्त बोहोराले समाजमा मानवता, सहयोग र सेवाभावको प्रेरणादायी सन्देश प्रवाह गरेका छन् ।
