
Pbu
Ses
Djs
Gfs
Srbpu
pku
Rgp
Unsku
Lnp
Rgp1
Ggp
cjs
Sgr
Pes

Sls
Tsm
Rsb
Bbbpu
Hal
Ssm
Sbs
Vor
Bbu
Rgu
nsb
Wsp
Ksm
Gst
Rgu
Asm
Pvg
Rgs
Ggd

Ptm
Mks
Jmb
sab
bbt
Rmb
Pls
Abd
Jmb
Bml
Rpp
Gsb
Syp
दाङ । उच्च अदालत तुलसीपुरले वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.लाई अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले तत्काल धुँवा, धुलो र वातावरणीय प्रदूषण नियन्त्रणका लागि अन्तरिम आदेश जारी गरेको हो।
पीडितको तर्फबाट घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रा.लि. र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई दायर रिट उपर सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालय वातावरण विभागको निरीक्षण प्रतिवेदनमा औंल्याइएका वातावरणमा प्रतिकुल असर पार्ने काम नियन्त्रणका लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वाल र इलेक्ट्रोस्टाटिक प्रिसिपिटाटोर जस्ता उपकरणहरु तत्काल जडान तथा ब्यवस्थित गर्न भनिएको छ ।
त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा ब्यवस्थापनसमेत तत्काल गर्न गराउनू भनि अन्तरिम आदेश जारी भएको छ । त्यस्तै यता स्थानीयहरुले उद्योगको लापरबाहीले गर्दा दैनिक नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परि रहेकोको हुँदा उद्योगले तत्काल प्रदुषणलाई व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् ।
