
Gisld
Rbs
Mbdvs
mbd
Pbu
Sds

Gst
Rgu
Tsm
Sls
Ksm
Bbbpu
Ssm
Bbu
Pvg
Ggd
Rsb
Asm
Wsp
Rgs
Sbs
Vor
nsb
Hal
Rgu

Bml
Jmb
Mks
Gsb
Pls
Jmb
Syp
Rpp
Ptm
sab
Abd
Rmb
bbt
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन् ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको जिल्ला अधिवेशन अन्तर्गत सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि मतदान भएको थियो ।
निर्वाचनबाट सभापतिमा किरण खनाल, उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल र सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन् । सभापति पदमा किरण खनालले १९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै,उनका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । यसैगरी केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गरेका थिए । उपसभापति पदमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुँदा सुनिता रावतले ८९ मत प्राप्त गरिन् ।
सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए । सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित भइन् । उक्त पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।
यस्तै,निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
