
Rbs
Sds
Pbu

Rgu
Wsp
Hal
Bbbpu
Gst
Sbs
Tsm
Pvg
nsb
Bbu
Rsb
Ksm
Vor
Asm
Rgu
Sls
Ggd
Ssm
Rgs

Jmb
Syp
Bml
bbt
Ptm
Gsb
Rpp
Pls
Jmb
sab
Abd
Mks
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट,कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ ।
गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उद्योगी–व्यवसायीका प्रतिनिधीहरुको सहभागितामा आयोजित कार्यक्रममा आगामी वर्ष सञ्चालन गरिने विकास आयोजना,पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमलाई साझा प्राथमिकतामा राखी प्रदेश सरकारसमक्ष एकीकृत रूपमा प्रस्तुत गर्ने विषयमा छलफल गरिएको थियो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन, राेजगार,सिँचाइ,खानेपानी तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित योजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।
कार्यक्रममा अध्यक्ष विष्टले स्थानीय आवश्यकता र जनचाहनाका आधारमा योजना छनोट गरी प्रदेश सरकार तथा प्राधिकरणसमक्ष बजेट माग गर्ने तयारी गरिएको बताए । उनले विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए ।
कार्यकारी प्रमुख पोख्रेलले स्थानीय तहबाट प्राप्त आवश्यकता र प्राथमिकताका आधारमा प्रदेशस्तरबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दीगो,प्रभावकारी र जनअपेक्षाअनुसार विकास योजना कार्यान्वयनका लागि स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्य महत्वपूर्ण रहने बताए ।
सहभागीहरुले गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,विभिन्न वडाका वडाध्यक्ष,राजनीतिक दलका प्रमुख तथा उद्योगी–व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
