
Sebsg
Pbu
Unsku
Gsg
Lks
Gmssl
Jmb
Gipsg
Ggp
gst
Dus
Gipsg
Gst

Tsm
Ssm
Bbu
nsb
Pvg
Rgs
Ksm
Asm
Rsb
Ggd
Sbs
Vor
Rgu
Gst
Rgu
Wsp
Hal
Bbbpu
Sls

Bml
bbt
Jmb
Abd
Pls
Syp
sab
Ptm
Gsb
Rmb
Rpp
Jmb
Mks
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरु समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा रहेको उल्लेख गरे । मातृ तथा शिशु स्वास्थ्य,खोप अभियान, परिवार नियोजन,पोषण तथा जनचेतनामूलक कार्यक्रममार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदान उच्च छ ।
संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौ बुँदे माग तथा सुझावपत्र पेश गरेको थियो । टोलीले सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा,क्षमता अभिवृद्धिका लागि तालिम,सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च,दुर्घटना तथा मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका मागहरु राखेको छ ।
प्रदेश सरकारले अवकाश भएर जाने स्वयंमसेविकाकालागी ५० हजार दिदै आएको छ । मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरुका मागहरु अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल स्वास्थ्य स्वयंसेवी संघले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
