
Pbu
mbd
Ksm
Mbdvs
gst
Rbs
Sds
Anm
Gmk
Gisld

Sbs
Vor
Sls
Rgu
Ksm
nsb
Asm
Bbbpu
Tsm
Rsb
Bbu
Ssm
Rgu
Pvg
Rgs
Hal
Gst
Ggd
Wsp

Rmb
Mks
bbt
sab
Pls
Rpp
Syp
Ptm
Jmb
Abd
Gsb
Jmb
Bml
दाङ । कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समय देखि जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन । आईतवार देखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिंहले प्रतियोगिताले नेपाली खेलाडीलाई विदेशिको अनुभव सिकन अवसर मिल्ने धारणा राखे ।
प्रतियोगितामा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जिल्लाका खेलाडीहरुलाइ नयाँ बाताबरणमा खेलखेल्नका लागि आत्म विश्वास बढाउने उल्लेख गरे । देउखुरी क्रिकेट कल्बका उपाध्यक्ष प्रकाश जिसीले भारतका खेलाडी समेत आएर स्थानिय खेलमैदानमा खेलेको हेर्न पाउदा गौरवको अनुभुती भएको सुनाए ।
प्रतियोगिताको शुभारम्भमा लमही क्रिकेट संघका अध्यक्ष किरन बुढाथोकी कोषाध्यक्ष उत्तम बिष्ट , सुभ निर्माण सेवाका संचालक गिरीराज बिष्ट , आर एस क्रिकेट एकेडेमीका प्रशिक्षक दिपक पाटेल , रास्ट्रिय क्रिकेट खेलाडी अमित तामाङ लगाएतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित मेडल पुरस्कार पाउने छ । उपबिजेताले नगद १० हजार सहित मेडलमा चित्त बुझाउनु पर्ने छ । चैत १४ गतेसम्म संचालन हुन प्रतियोगितामा मित्रराष्ट भारतबाट २ वटा र दाङ जिल्लाका ४ गरि कुल ६ वटा एकेडेमीको सहभागिता रहेको छ ।
