
Lnp
Rgp1
Pes
Pbu
Rgp
Sgr
Srbpu
Gfs
Ses
Djs
pku
Ggp
cjs
Unsku

Rsb
Ssm
Sbs
Pvg
Rgs
Asm
Bbu
Tsm
Wsp
Ggd
Rgu
Rgu
Sls
Hal
Ksm
Bbbpu
Vor
Gst
nsb

Mks
Rmb
Bml
Gsb
sab
Pls
Syp
Jmb
Ptm
Rpp
Jmb
Abd
bbt
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।
त्यस्तै,उनले अपाङ्गता भएका व्यक्तिहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक क्षमता भएका विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए । मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता विद्यार्थीहरुको पठनपाठन र सीप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुशी लागेको बताए ।
वि.सं. २०३२ सालदेखि सुनाइ सम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो ।
विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीहरुलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ । आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ ।
यस्तै,अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त, समावेशी र व्यवहारिक शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यस्ता विशेष विद्यालयहरुको सुदृढीकरण, स्रोतसाधन विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
