Sidha Patra सोमबार, बैशाख १४, २०८३

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित सुकौराकोट स्थित थारु राजा दंगीशरण दरबार क्षेत्रको साेमबार अनुगमन गर्दै उनले पुरातात्त्विक सम्पदाहरुलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सरकारको दायित्व भएको उल्लेख गरे ।

त्यस्तै,उनले प्रदेश सरकारले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिए। आवश्यक पूर्वाधार विकास, वैज्ञानिक संरक्षण विधि र प्रभावकारी प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने विश्वास समेत उनले व्यक्त गरे ।

अनुगमनमा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो । टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो ।

यस्तै,केही समयअघि पुरातत्त्व विभागले गरेको उत्खननमा यस क्षेत्रमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेका छन्। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा ती सामग्री सार्वजनिक गरिएका हुन् । उत्खननका क्रममा लिच्छवीकालीन इँटा, माटोको घोडाको आकृति, चुरा, धनुषका तीर, फलाम तथा तामाका औँठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री भेटिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]