
Rgp
Rgp1
Unsku
Ggp
Srbpu
pku
Sgr
Lnp
Pbu

nsb
Pvg
Sbs
Rgu
Bbu
Wsp
Gst
Vor
Bbbpu
Ggd
Rgs
Rsb
Hal
Tsm
Rgu
Ksm
Asm
Sls
Ssm

Jmb
Bml
sab
Abd
Syp
Pls
Jmb
Rmb
Rpp
Ptm
Gsb
bbt
Mks
काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
सोमबार आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।
त्यस्तै,हालका आईजीपी राजु अर्यालय आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो । पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
यस्तै,उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु दुबै जना पौडेल भन्दा जुनियर थिए । पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।
आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो । दाहाललाई एआईजी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो ।
ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
यस्तै,अहिले आईजीपीमा नियुक्त भएका पौडेलले १८ चैत २०८४ सम्म गरी दुई वर्ष संगठन प्रमुख बन्ने छन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत् २०८४ मा अवकाशमा जानेछन् । २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए । त्यसपछि उनलाई १८ असार २०५८ मा सशस्त्रको कामु डीएसपी बनाइएको थियो ।
त्यस्तै,१८ चैत २०५८ मा उनी स्थायी बढुवा भएर डीएसपी बने । २९ चैत २०६३ मा एसपीमा बढुवा भएका पौडेल २ जेठ २०७० मा एसएसपी भएका थिए । १३ कात्तिक २०७५ मा डीआईजी र ६ जेठ २०७९ मा उनी एआईजीमा बढुवा भएका थिए ।अनलाइनखबर
