Sidha Patra सोमबार, बैशाख १४, २०८३

दाङ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को लगानीमा बुधबारदेखि दाङमा काम सुरु गर्ने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु गर्ने भएको छ ।

त्यस्तै,उक्त सडक स्तरबृद्धिको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नेछन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति(एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ । दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । एमसीए–नेपालले पूर्व– पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । जुन नेपाली कम्पनी हो । एमसीसीका अन्य ठेक्काहरु नेपाली कम्पनीले यस अघि पाएका थिएनन् ।

यस्तै,उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ । ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरु पूर्ण नेपालीको स्वामित्वका थिए ।

त्यस्तै,एमसीसी परियोजनाअन्तर्गत धानखोला –लमही ४० किलोमिटर सडक खण्डको मर्मत तथा स्तरोन्नतिका विषयलाई लिएर स्थानीयहरुले यस अघि विरोध पनि गरेका थिए । उक्त सडक चारलेन बनाउनु पर्ने माग सहित स्थानीयहरु विरोधमा उत्रिएका हुन् । पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ ।

यस्तै,सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]