
Bksbus5
Gsl
Syees
syysr
Ratbs
Ssbus
Nssbus7
gms
Rbs
Jsbus
dsbus
Ddhbs
Pbu
Gsbus
Amb
Csbus

Rgs
Rsb
Sls
Ggd
Ssm
Pvg
Rgu
Hal
Sbs
Wsp
Bbbpu
Ksm
Bbu
Tsm
Asm
Rgu
Gst
nsb
Vor

Abd
Syp
Pls
bbt
Rpp
Rmb
Jmb
Jmb
Gsb
Bml
Ptm
Mks
sab
दाङ । लामो समयदेखि आँखा स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्दै आएको लमही ५ रातोडाँडा स्थित लमही आँखा अस्पतालले सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
पछिल्ला वर्षहरूमा उल्लेखनीय रुपमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले दाङ देउखुरी, प्युठान, रोल्पा, घोराही, तुल्सीपुर तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट समेत बिरामीहरू आउने गरेका छन् ।
यसैबीच लमही नगरपालिकामै पहिलो पटक चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त गरी दुई जना चिकित्सकले आँखा विषयमा उच्च शिक्षा अध्ययन सुरु गरेका छन् । यो पहलसँगै लमही आँखा अस्पतालले स्वास्थ्य सेवासँगै शैक्षिक क्षेत्रमै पनि नयाँ फड्को मारेको छ ।
त्यस्तै उक्त अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख नेत्र विशेषज्ञ प्रा. डा.प्रदीप बास्तोलाको विशेष पहलमा उच्च शिक्षा अध्ययन–अध्यापन सुरु भएको जनाइएको छ । हाल उनि लमही आँखा अस्पतालमै कार्यरत रहेका छन् ।
वैशाख ११ गते आयोजित स्वागत कार्यक्रममा पूर्व मंत्री मेटमणि चौधरीले अध्ययनका लागि आएका चिकित्सकहरुको स्वागत गरेका थिए । यस ऐतिहासिक सुरुवातका लागि लमही आँखा अस्पताल,नेपाल नेत्र ज्योति संघ दाङ शाखा तथा सम्बद्ध सबै पक्षलाई बधाई दिइएको छ ।
