
Mbdvs
mbd
Pbu
Sds
Gisld
Rbs

Rgu
Vor
Bbu
Ssm
nsb
Rgs
Asm
Rsb
Ggd
Ksm
Hal
Rgu
Pvg
Sls
Sbs
Bbbpu
Wsp
Tsm
Gst

bbt
Syp
Abd
Rpp
Jmb
Mks
Gsb
Bml
Rmb
Pls
sab
Jmb
Ptm
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग,सांस्कृतिक पर्यटन तथा कृषि महोत्सवका प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको छ ।
महासंघले विहीबार घोराहीको मालाइनमा कार्यक्रम आयोजना गरेर विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरेको हो । जसमा खुल्ला कविता प्रतियोगिता तर्फ प्रथम, द्वितिय र तृतिय भएका श्रवण नेपाली,रक्षा शर्मा र अनुजा शर्मालाई क्रमशः सात हजार,पाँच हजार र तीन हजार रुपैया प्रदान गरिएको थियो ।
यस्तै चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने नमूना बहुभाषिक शिक्षालयकी आरोसी ओली,दोस्रो स्थान हासिल गर्ने मदन भण्डारी मेमोरियलका विश्वास चौधरी,तृतिय स्थान हासिल गर्ने लिटिल एञ्जलका मानव दनुवार र सान्त्वना स्थान हासिल गर्ने जनज्योति विद्यामन्दिरका जेसन मगर र भिएन स्कुलका रमिल विकलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै महोत्सव अन्तरगत आयोजना गरिएको स्थानीय उत्पादनको प्रयोग राष्ट्र समृद्धिको अवसर विषयक खुल्ला बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुप्रिया शर्मा,दोस्रो स्थान हासिल गर्ने ऋतिका बुढाथोकी,तृतिय स्थान हासिल गर्ने विजया घर्ती र सान्त्वना स्थान हासिल गर्ने आयुष देवकोटा र सलिना पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मनकामना बोर्डिङ स्कुलकी एमुना बाँठा मगर, द्वितिय स्थान हासिल गर्ने भिएन स्कुलकी स्वयंभिका बस्नेत र तृतिय स्थान हासिल गर्ने ज्ञानमाला एकेडेमीकी उन्नती केसीलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।
गत चैतको पहिलो साता आयोजना गरिएका ति कार्यक्रममा सहभागि भएका अन्य विद्यार्थीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेश्मीराज पाण्डेयले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा युवा महोत्सवका संयोजक तथा नेपाल बाल संगठनका केन्द्रिय सदस्य विनोद केसी र घोराही प्याव्सनका सचिव विमल भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन मुल संयोजक शरद अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन महासचिव सिता मल्लले गरेका थिए ।
