
Gisld
Pbu
Mbdvs
Rbs
mbd
Sds

nsb
Hal
Sls
Wsp
Tsm
Pvg
Ksm
Sbs
Ggd
Rgs
Vor
Bbu
Bbbpu
Asm
Gst
Rgu
Rgu
Rsb
Ssm

Bml
Rmb
bbt
Pls
Abd
Syp
Mks
sab
Gsb
Ptm
Jmb
Rpp
Jmb
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढेको बताएका छन् ।
मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा समस्या भइरहेको बताउँदै उनले प्रयोगकर्ताको विवरण पाउन र आपत्तिजनक सामग्री हटाउनसमेत नसकिएको बताए ।
त्यस्तै हालसम्म नेपालमा टिकटक,भाइबर, निम्बज,वीटक र पोको लाइभमात्र आधिकारिक रूपमा दर्ता भएको बताउँदै उनले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा नेपालमा दर्ता नहुँदा समस्या बढिरहेको बताएका छन् । बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कार्कीले विशेषगरी महिला र युवावर्ग साइबर अपराधबाट बढी प्रभावित भइरहेको दृष्टान्त देखाए ।
त्यस्तै कार्कीका अनुसार हालसम्म सामाजिक सञ्जालमा ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउनेसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएको छ । साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना दर्ता भएका छन् भने वित्तीय अपरा धसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको छ । एकाउन्ट ह्याकिङ,अनलाइन ठगी,धम्की दिने, यौनजन्य हिंसा तथा ब्ल्याकमेलिङका गतिविधि पनि बढ्दो क्रममा रहेको कार्कीले जानकारी गराए ।
समितिमा कार्कीले भने, ‘हाम्रोमा साइबर बुलिङका घटना बढेको छ । १० हजारभन्दा बढी त वित्तीय अपराधका उजुरी आएका छन् । फेक एकाउन्टका ४ हजारभन्दा बढी र बुलिङ तथा ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् ।’ महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरु विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले र नेपालमा प्रत्यक्ष कार्यालय र पर्याप्त कानुनी व्यवस्थाको अभावमा अनुसन्धानका लागि आवश्यक विवरण पाउन समस्या भइरहेको बताएका छन् ।
त्यस्तै उनले थपे, ‘फेसबुक, इन्स्टाग्रामलगायत प्लेटफर्मबाट प्रयोगकर्ताको विवरण लिन प्रहरीलाई २०-२५ दिनसम्म लाग्ने गरेको छ । सामान्य बुलिङ वा ह्यारेसमेन्टका घटनामा एक साताभित्र जानकारी आउँछ ।’ नाबालक हराएको वा आत्महत्या सम्बन्धी गम्भीर घटनामा २४ घण्टाभित्र सूचना प्राप्त हुने गरेको उनले सुनाए ।
यस्तै ह्वाट्सएप,डिस्कोर्ड,एक्स,स्न्यापच्याट,इमो, वीच्याट, रेडिट, युट्युब,जिमेल लगायत प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा टेकडाउनसम्बन्धी प्रतिक्रिया नआउने समस्या रहेको पनि कार्कीले ब्रिफिङ गरेका छन् ।
