
Sds
Pbu
mbd
Mbdvs
Rbs
Gisld

Bbbpu
Wsp
Rgu
Hal
Rgu
Ssm
nsb
Sbs
Vor
Asm
Pvg
Ksm
Rsb
Bbu
Gst
Rgs
Sls
Tsm
Ggd

Jmb
Rmb
sab
Bml
Mks
Rpp
bbt
Abd
Gsb
Syp
Pls
Ptm
Jmb
बैतडी । बैतडफ बैतडीमा दुई वटा मोटरसाइकल एकाअपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको से ५ प ४७१७ को मोटरसाइकलका चालक सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते भएका लुहारलाई उपचारको लागि नजिकैको दउलेक अस्पतालमा लगिएकोमा पौने ४ बजेमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
शुक्रबार आज दिउँसोको साढे १ बजेको समयमा जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको सुर्नया गाउँपालिका –८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चाैडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा परी दुवै मोटरसाइकलका चालकसहित पाँच जना घाइते भएका थिए । गम्भिर घाइते भएका लुहारको मृत्यु भएको छ । घाइते हुनेमा पुर्चाैडीबाट ढोल्यामोड तर्फ आइरहेको मोटरसाकइकलको पछाडी सवार पुर्चाैडी नगरपालिका वडा नम्बर –५ हिक्मत कुवँर, श्रीभावरदेखि पुर्चाैडीतर्फ गइरहेको मोटरसाइकलमा सवार सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सोही मोटरसाइकलमा सवार सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशव बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
यस्तै गम्भीर घाइते भएका मोटरसाइकल चालक जनक लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र देउलेकमा पठाइएको छ । यसैगरी अर्का मोटरसाइकल चालक अमीर कठायत र पछाडि सवार हिक्मत कुवँरलाई डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।अनलाइनखबर
