
Rbs
Mbdvs
Gisld
Sds
mbd
Pbu

Ssm
Tsm
Ksm
Rsb
Rgu
Bbbpu
Asm
Rgs
Rgu
Wsp
Ggd
Gst
Bbu
Pvg
Sls
Vor
Sbs
nsb
Hal

Rpp
Ptm
Rmb
Bml
Pls
sab
Mks
bbt
Abd
Gsb
Jmb
Syp
Jmb
तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन आजदेखि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा सुरु भएको छ।
नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा सुरु भएको सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ।
सम्मेलनमार्फत कौराहा नृत्यको मौलिकता जोगाउने, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, साथै अध्ययन–अनुसन्धान र अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
सङ्घका अध्यक्ष नन्दु मगरका अनुसार नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बनाउने उद्देश्यले पनि यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन्।
कौराहा नृत्य विशेषगरी कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने र वाद्यवादन यन्त्र कसरी बजाउने सँग सम्बन्धित रहेको छ। सम्मेलनमा यी आधारभूत पक्षबारे प्रशिक्षणसमेत दिइनेछ।
