
Mbdvs
Pbu
mbd
Rbs
Sds
Gisld

Wsp
Rgs
Bbu
Gst
Hal
Bbbpu
Rgu
nsb
Asm
Ksm
Rgu
Ssm
Tsm
Pvg
Sls
Rsb
Ggd
Vor
Sbs

Ptm
sab
Syp
Rmb
Mks
Jmb
bbt
Pls
Rpp
Gsb
Abd
Jmb
Bml
दाङ । दाङको तुलसीपुरबाट सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहीँ बैशाख १ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी टोलीले उक्त स्थानबाट जिल्ला सल्यान बागचौर नगरपालिका- २ बस्ने २० वर्षीय दीपक भण्डारी,१९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्टलाई नियन्त्रणमा लिएको हो ।उनीहरुको साथबाट विभिन्न सवारी दर्ता किताब र नक्कली छापसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब एक थान,यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको डिजिटल छाप एक थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब एक थान तथा बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल एक थान रहेका छन् ।
यस्तै उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत दाङ,घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
