
Mbdvs
Gisld
mbd
Rbs
Pbu
Sds

Bbu
Sls
Gst
Asm
Bbbpu
Sbs
Tsm
Ssm
Wsp
Rgs
Rgu
Ggd
Hal
Pvg
Vor
Rsb
nsb
Rgu
Ksm

Jmb
Ptm
Syp
bbt
Pls
Gsb
Jmb
Mks
Rmb
Rpp
sab
Bml
Abd
काठमाडौँ — राष्ट्रिय पञ्जीकरणसम्बन्धी सेवा नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका विवरणहरू एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु भइसकेको सूचना प्रविधि विभागले जनाएको छ।
विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार तथ्याङ्क एकीकरणपछि पञ्जीकरणसम्बन्धी प्रमाणपत्रहरू नागरिक एपमार्फतै उपलब्ध हुनेछन्। हाल प्रारम्भिक चरणमा रहेको यो प्रक्रिया केही समयभित्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।
सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित सार्वजनिक सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत नागरिक एपमार्फत उपलब्ध गराउने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।
यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा इन्जिनियरहरूको व्यावसायिक प्रमाणपत्र पनि नागरिक एपबाटै प्राप्त हुने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र थप सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्री तिमिल्सिनाको निर्देशनपछि विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनलाई तीव्रता दिएको जनाएको छ। यस पहललाई मन्त्रिपरिषद्ले चैत १३ गते स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि समेटिएको छ।
हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा सञ्चालनमा आइसकेको छ। आगामी दिनमा थप सेवाहरू समेटिँदै जाँदा नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
डिजिटल माध्यमबाट सेवा प्रवाह विस्तार हुँदा सेवाग्राहीले समय, लागत र झन्झटबाट राहत पाउने विश्वास गरिएको छ भने सरकारी सेवा प्रणाली थप पारदर्शी, प्रभावकारी र आधुनिक बन्ने अपेक्षा गरिएको छ।
