
Mbdvs
Rbs
Sds
mbd
Pbu
Gisld

Sls
Rgs
Sbs
Hal
Bbu
nsb
Rsb
Bbbpu
Wsp
Tsm
Vor
Ksm
Rgu
Gst
Pvg
Asm
Ggd
Rgu
Ssm

Syp
Gsb
bbt
Ptm
sab
Bml
Mks
Pls
Rpp
Abd
Rmb
Jmb
Jmb
दाङ । गुरुकुल एकेडेमी लमहीले नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम भव्य रुपमा सोमबार सम्पन्न गरेको छ । कार्यक्रमले नयाँ शैक्षिक योजनाहरु सार्वजनिक गर्दै विद्यालयको भावी रणनीति र शैक्षिक सुधारका दिशाहरु उजागर गरेको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यकारी अध्यक्ष कमलजंग सिंह ठकुरीले गरेका थिए भने सञ्चालन शैक्षिक निर्देशक विवेक देवकोटाले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मी, शिक्षाप्रेमी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले गुरुकुल एकेडेमीले स्थापनाकालदेखि नै गुणस्तरीय, संस्कारयुक्त र आधुनिक शिक्षामा जोड दिँदै आएको उल्लेख गरे । उनले विद्यार्थीको समग्र विकास—शैक्षिक, नैतिक, अनुशासन तथा सामाजिक उत्तरदायित्व—लाई प्राथमिकतामा राखेर शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाइँदै आएको बताए ।
उक्त अवसरमा शैक्षिक सत्र २०८३ का लागि विद्यालयले लागू गर्ने नयाँ योजनाहरु सार्वजनिक गरिएको थियो । विद्यालयले पछिल्लो समय विश्वमा तीव्र रुपमा विकास भइरहेको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) लाई शिक्षण प्रक्रियामा समावेश गर्दै विद्यार्थीलाई समयअनुकूल सीप र ज्ञान प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । विद्यालयमा कृत्रिम बुद्धिमत्तामा आधारित शिक्षण प्रणाली लागू गरी सिकाइ प्रक्रियालाई व्यक्तिगत, अन्तरक्रियात्मक र प्रभावकारी बनाइनेछ ।
विद्यार्थी केन्द्रित, विश्लेषणात्मक तथा प्रयोगात्मक शिक्षण पद्धति अपनाइनेछ, जसले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पुर्याउनेछ।डिजिटल बोर्ड, मल्टिमिडिया सामग्री र प्रविधिको प्रयोगमार्फत शिक्षणलाई थप आकर्षक र प्रभावकारी बनाइनेछ।करियर काउन्सिलिङ कार्यक्रम विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियमित करियर परामर्श सेवा सञ्चालन गरिनेछ । नेतृत्व, सञ्चार, निर्णय क्षमता तथा समस्या समाधान जस्ता सीप विकासमा विशेष जोड दिइनेछ । अभिभावक भेला, सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममार्फत शिक्षण प्रक्रिया अझ प्रभावकारी बनाइनेछ ।
त्यस्तै कक्षा प्रतिनिधि, क्लब गतिविधि तथा विभिन्न जिम्मेवारीमार्फत विद्यार्थीमा नेतृत्व विकास गरिनेछ।सरसफाइ अभियान, वृक्षारोपण, वृद्धाश्रम भ्रमण लगायत सामाजिक सेवामूलक कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता गराइनेछ ।विद्यालयले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री, अनुसन्धानमुखी तथा जीवनोपयोगी बनाउँदै सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमको अन्त्यमा सहभागी पत्रकारहरुसँग अन्तरक्रिया गर्दै विद्यालय प्रशासनले आफ्ना योजना कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेको थियो भने उपस्थित सम्पुर्ण महानुभावहरुले शुभकामना समेत आदान प्रदान गरेका थिए ।
