
Pbu
Rbs
Gisld
mbd
Sds
Mbdvs

Tsm
Rsb
Bbu
Rgu
Rgs
Ggd
Sbs
Asm
nsb
Vor
Bbbpu
Rgu
Ssm
Pvg
Gst
Wsp
Sls
Hal
Ksm

Bml
Abd
Pls
bbt
Mks
Ptm
Syp
Gsb
Jmb
Jmb
Rmb
sab
Rpp
दाङ । लमही-६,स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ का उपलब्धिहरु सोमबार आज सार्वजनिक गरेको छ । विद्यालयले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै देउखुरी उपत्यकामा गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण स्थान बनाउन सफल भएको बताए । उनले विद्यालयको प्रगति र विस्तारमा सञ्चारकर्मीहरुको साथ, सहयोग र सकारात्मक भूमिकाप्रति कृतज्ञता व्यक्त गरे । प्राचार्य रिजालका अनुसार विद्यालयले कक्षा ८ मा लमही नगरस्तरमा छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ ।
यसैगरी एस.इ.इ. परीक्षामा १ जना विद्यार्थीले ४ जीपीए र ३० जनाले ए प्लस प्राप्त गरेका छन् । कक्षा १२ विज्ञान र व्यवस्थापन दुवै विषयमा देउखुरी प्रथम स्थान हासिल भएको छ भने व्यवस्थापनतर्फ १३ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । त्यस्तै, आईओई र आईओएम प्रवेश परीक्षामा ९ जनाले पूर्ण छात्रवृत्ति र २८ जनाले सशुल्क नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
अतिरिक्त क्रियाकलापतर्फ पनि विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । निबन्ध, कविता, चित्रकला तथा नृत्य प्रतियोगितामा नगर तथा जिल्ला स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । खेलकुदतर्फ मिनी म्याराथन, रनिङ, लङ जम्प र ट्रिपल जम्प लगायतका प्रतियोगितामा पदक जित्नुका साथै सातौं राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयमा हाल २ हजार ३२८ विद्यार्थी अध्ययनरत रहेका छन् ।
त्यस्तै ७५ जना पूर्णकालीन तथा ९ जना आंशिक शिक्षक कार्यरत छन् भने ३४ जना कर्मचारी रहेका छन् । आगामी शैक्षिक सत्र २०८३ मा शिक्षण सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयले जनाएको छ । पूर्व–प्राथमिकदेखि माध्यमिक तहसम्म परियोजना कार्य, योग अभ्यास, लागुऔषध सचेतना, हस्तलेखन सुधार, नियमित स्वास्थ्य परीक्षण, मनोपरामर्श तथा शिक्षकहरुको व्यवसायिक विकास तालिम सञ्चालन गरिनेछ ।
विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि घोषणा गरेको छ । विद्यालयका अनुसार भर्ना फारम २०८३ बैशाख २ गतेदेखि खुल्नेछ । भर्ना प्रक्रिया बैशाख १५ गतेदेखि सुरु हुनेछ भने कक्षा सञ्चालन बैशाख २१ गतेदेखि हुने जनाइएको छ ।
