
Rbs
mbd
Pbu
Mbdvs
Gisld
Sds

Hal
Rgs
Wsp
Pvg
Vor
Bbbpu
Sbs
nsb
Rgu
Ksm
Gst
Ggd
Bbu
Sls
Asm
Rgu
Tsm
Rsb
Ssm

Jmb
Gsb
sab
Mks
Bml
Rpp
Abd
bbt
Ptm
Jmb
Pls
Syp
Rmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार आज भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधान अनुसार स्वायत्त भएको स्पष्ट पारेका हुन् । उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताए । ‘संविधानले निर्दिष्ट गरेका हक अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गरे । उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गरे ।
‘यदि समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नु पर्ने अवस्था आउन सक्छ,’उनले भने । राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै उहाँले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पुर्याउने अग्रज तथा सामाजिक अभियन्ताहरु प्रति सम्मान व्यक्त गरे । उनले तुलसीपुरको विकास अग्रजहरुको योगदानका कारण सम्भव भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।
संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको उल्लेख गर्दै पछिल्लो ७-८ वर्षको उपलब्धिको समग्र मूल्यांकन आवश्यक रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि,सामाजिक संघसंस्थाका प्रमुख तथा नगरवासीहरुको सहभागिता रहेको थियो ।
