
Gisld
Sds
Mbdvs
mbd
Rbs
Pbu

Rgs
Gst
Hal
Rgu
nsb
Vor
Pvg
Asm
Rsb
Sls
Rgu
Tsm
Ggd
Bbu
Sbs
Bbbpu
Ksm
Wsp
Ssm

sab
Mks
bbt
Pls
Gsb
Syp
Jmb
Rmb
Abd
Bml
Rpp
Ptm
Jmb
डोल्पा— हिमाली जिल्ला डोल्पामा सडक विस्तारका क्रममा डोजर दुर्घटनामा परेको छ। जिल्लाको ठूलीभेरी नगरपालिका–६ काँडातालीमा सोमबार बिहान क्रिस एन्ड क्रिस्टिना निर्माण सेवा, मुड्केचुलाद्वारा सञ्चालित डोजर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
डोजर पल्टिँदा स्थानीय ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरमा ठूलो क्षति पुगेको छ। घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन्।
दुर्घटनामा मानवीय क्षति भने नभएको र डोजर चालक हरि पुन सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा डोजरको इन्जिनदेखि अगाडिको भाग र ढोकासहित मेसिनमा क्षति पुगेको क्रिस एन्ड क्रिस्टिना निर्माण सेवाका प्रोप्राइटर दिलीप सिंह ठकुरीले बताएका छन्।
