
Lnp
Ksbus
Ksbus
Rgp
Sdc
Msbus
Ggp
Asbus
Ggp


काठमाडौँ – नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा आज ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गमा महोत्सव हुन लागेको हो।
परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल) का अनुसार नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उनका अनुसार महोत्सवमा विभिन्न स्टलमार्फत खाना तथा वस्तुको प्रदर्शनी गरिनुका साथै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
त्रिदेवीमार्गस्थित सडकमा ३२ वटा स्टल राखेर खानाको प्रवर्द्धन र विभिन्न सामग्रीको बिक्री गरिने बताइएको छ।
साँझ ६ बजेदेखि सुरु हुने सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गरिनेछ भने कार्यक्रम राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ।
नेपाल आउने कुल विदेशी पर्यटकमध्ये करिब ८० प्रतिशत ठमेल पुग्ने गरेको उल्लेख गर्दै परिषद्ले महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको परिषद्ले जनाएको छ।
