
mbd
Sds
Gisld
Pbu
Rbs
Mbdvs

Tsm
Rgs
Bbu
nsb
Rgu
Rgu
Vor
Asm
Bbbpu
Pvg
Wsp
Rsb
Sbs
Ggd
Hal
Sls
Ksm
Gst
Ssm

bbt
Rmb
sab
Pls
Gsb
Jmb
Mks
Rpp
Jmb
Abd
Syp
Bml
Ptm
काठमाडौं-डिउटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा फर्किँदै गर्दा राति करिब सवा ११ बजे ट्रकले ठक्कर दिँदा ३२ वर्षीय लामा गम्भीर घाइते भएका हुन् । उनले चलाएको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटना तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकखण्डमा भएको हो । नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो ।
घाइते लामालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत लामा रामेछापका स्थायी बासिन्दा हुन् । हाल उनी तारकेश्वर–७, फुटुङमा बस्दै आएका थिए ।
२०७२ सालमा प्रहरी जवानका रूपमा सेवा सुरु गरेका लामा खुला प्रतिस्पर्धामार्फत प्रहरी सहायक निरीक्षक हुँदै प्रहरी निरीक्षकमा बढुवा भएका थिए ।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
