
Gisld
Mbdvs
Pbu
Sds
mbd
Rbs

Asm
Ssm
Bbu
Sbs
nsb
Rgs
Bbbpu
Ggd
Rgu
Rgu
Rsb
Ksm
Tsm
Vor
Pvg
Hal
Sls
Wsp
Gst

Jmb
Rmb
Pls
Jmb
Gsb
sab
Bml
Syp
Rpp
Mks
Abd
Ptm
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालय भन्दा ठुलो अन्तरका साथ संस्थागत विद्यालयले शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
सामुदायिक विद्यालय तर्फ एउटा मात्र विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदा संस्थागत विद्यालय तर्फ भने ६ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
राप्ती गाउँपालिका शिक्षा विकास शाखाले चैत २७ गते शुक्रवार सार्वजनिक गरेको नतिजामा सामुदायिक विद्यालयहरु निकै कमजोर देखाएका छन् । यद्यपी गत वर्षहरुको तुलनामा भने केहि सुधार भएको देखिन्छ । संस्थागत तर्फ शत प्रतिशत नतिजा ल्याउन सफल हुने विद्यालयहरुमा चन्द्रज्योति इङलिस बोडिङ स्कुल लालमटिया, गोरखा आइडियल स्कुल लालमटिया,चैतन्य पाठशाला राप्ती उपत्यका मौरीघाट, गोल्डेन फ्युचर इङलिस बोडिङ स्कुल बिजौरी,दिपज्योति सेकेण्डरी स्कुल सिसहनियाँ र शुभदपर्ण एकेडेमी बड्का सिसहनियाँ रहेका छन् ।
त्यस्तै सामुदायिक विद्यालय तर्फ राप्ती गाउँपालिका–५ करङ्गेकोटमा रहेको जनता माध्यमिक विद्यालयले मात्र शतप्रतिशत नतिजा ल्याएको छ । दुवै तर्फका विद्यालय मध्ये सवै भन्दा कमजोर नतिजा राप्ती गाउँपालिका–८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय रहेको छ । जसमा परिक्षामा सहभागी ४५ जना विद्यार्थीमा ७ जना मात्र उत्र्तीण भएका छन् । जसले १५.५६ प्रतिशत मात्र नतिजा ल्याएको छ ।
यस्तै कमजोर मध्येको राप्ती गाउँपालिका–४ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय रहेको छ । जहाँ परिक्षामा सहभागी १८ जना विद्यार्थीमा ५ जना मात्र उत्र्तीण भएका छन् । जसले २७.७८ प्रतिशत मात्र नतिजा ल्याएको छ । त्यसै गरि कमजोरकै सुचीमा राप्ती गाउँपालिका –१ पाखापानीमा रहेको नवप्रतिभा आधारभूत विद्यालय पनि रहेको छ । जहाँ परिक्षामा सहभागी ३५ जना विद्यार्थीमा १७ जना मात्र उत्र्तीण भएका छन् । जसले ४८.५७ प्रतिशत मात्र नतिजा ल्याएको छ ।
त्यस्तै कमजोरकै सुचीमा राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको सर्वोदय मावि पनि रहेको छ । जहाँ परिक्षामा सहभागी ११२ जना विद्यार्थीमा ४५ जना मात्र उत्र्तीण भएका छन् । जसले ४०.१८ प्रतिशत मात्र नतिजा ल्याएको छ । र कमजोरकै सुचीमा राप्ती गाउँपालिका–४ मा रहेको श्री माध्यमिक विद्यालय मौरीघाट पनि रहेको छ । जहाँ परिक्षामा सहभागी ११६ जना विद्यार्थीमा ५० जना मात्र उत्र्तीण भएका छन् । जसले ४३.१० प्रतिशत मात्र नतिजा ल्याएको छ । यी सवै विद्यालयहरुले ५० प्रतिशत जिपिए ल्याउन सकेका छैनन् । यी सवै विद्यालयहरुले ५० प्रतिशत जिपिए ल्याउन सकेका छैनन् ।

