
Rbs
mbd
Mbdvs
Pbu
Gisld
Sds

Ggd
Rgu
Bbu
Ssm
Rsb
nsb
Asm
Wsp
Tsm
Rgs
Sls
Bbbpu
Hal
Gst
Sbs
Pvg
Rgu
Vor
Ksm

Abd
sab
Jmb
bbt
Pls
Rpp
Rmb
Mks
Bml
Ptm
Gsb
Syp
Jmb
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
त्यस्तै अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।रासस
