
Mbdvs
Rbs
Gisld
mbd
Sds
Pbu

Bbu
Wsp
Bbbpu
Sls
Pvg
Tsm
Rsb
Rgu
Rgs
Ssm
Hal
Ggd
Ksm
Rgu
Sbs
Gst
nsb
Vor
Asm

Jmb
Rpp
Bml
Pls
Gsb
Syp
Mks
Ptm
sab
Jmb
bbt
Rmb
Abd
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा ज्येष्ठ नागरिक र सासु सशुरालाई सम्मान गर्ने महिलालाई सम्मान गरिएको छ ।
वडा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बिच ९० जना ज्येष्ठ नागरिक र ४४ जना महिलालाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै तुलसीपुरका मेयर टिकाराम खड्काले सासु-सशुरालाई राम्रो हेरचाह गर्ने बहारीलाई सम्मान गर्ने अभियान तुलसीपुरबाट सुरु भएको बताए । कार्याक्रमका प्रमुख अथिती समेत रहेका मेयर खड्काले देशभरका स्थानियतहको लागि यो सिकाईको विषय भएको बताए ।
यसैगरी बुहारीहरुले पनि सकारात्मक सोचको विकास गर्न यो कार्यक्रमले महत्वपुण भुमिका खेल्ने भन्दै अब कोहीपनि आमा-बुबाहरु छोरा, बुहारीबाट पीडित हुन नपर्ने बताए । यसैगरी कार्यक्रममा तुलसीपुर–११ का वडाअध्यक्ष मान बहादुर रावतले राम्रो कर्म गर्नेलाई एकदिन अवस्य कर्मको फल मिल्ने बताए । अब सब्य समाज निर्माणमा सबैले आ-आफ्नो ठाउँबाट प्रेम र मित्रवत व्यवहार गर्नुपर्ने बताए ।
समाजमा उल्लेखनीय योगदान पुर्याएका ज्येष्ठ नागरिक तथा महिलाहरुलाई सम्मान गर्दै उनीहरुको अनुभव,योगदान र भूमिकाको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । वक्ताहरुले ज्येष्ठ नागरिकहरुको अनुभव र महिलाहरुको सक्रिय योगदान समाज विकासका लागि महत्वपूर्ण हुने बताएका थिए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सम्मान संस्कृतिको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ । कार्यक्रमको सहकजीकरण वडा सचिव पदम कुमार भण्डारीले गरेकी थिइन् ।तुलसीपुरखबर
