
Gisld
Mbdvs
Sds
mbd
Pbu
Rbs

Rgu
Wsp
Bbu
Rsb
Rgs
Hal
Sbs
Gst
Rgu
Sls
Vor
Ggd
Ksm
Asm
Bbbpu
nsb
Tsm
Pvg
Ssm

Abd
bbt
Pls
Bml
Ptm
Syp
Rmb
sab
Mks
Jmb
Jmb
Rpp
Gsb
रोल्पा । रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।
क्वानकिडो संघ रोल्पाको आयोजनामा प्रतियोगिता भोलि चैत २८ गते शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर ५ पुतलाचौरमा सञ्चालन हुन लागेको जिल्ला अध्यक्ष सुरेन्द्र वलीले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको उनको भनाइ छ । प्रतियोगितामा २५ केजीदेखि ६५ केजीसम्मका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने छ भने प्रत्येक ५ केजी तौल समूहअनुसार खेल सञ्चालन गरिनेछ । प्रतियोगिको उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्ने तय गरिएको अध्यक्ष वलीले जानकारी दिए ।
क्वानकिडो खेल रोल्पा जिल्ला खेलकुद विकास समितिमा २०८० सालमा दर्ता भएको हो । संघको प्रथम अधिवेशन २०८१ सालमा परिवर्तन गाउँपालिकामै सम्पन्न भएको थियो । यसअघि २०८१ सालमै पहिलो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप त्रिवेणी गाउँपालिकामा आयोजना गरिएको थियो ।
त्यस्तै यस प्रतियोगिताले जिल्लामा क्वानकिडो खेलको विकास र खेलाडीहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ ।
