
Sds
Gisld
Mbdvs
Pbu
Rbs
mbd

Tsm
Bbu
Gst
Rgu
Sls
Ksm
Rgs
Vor
Wsp
Asm
nsb
Bbbpu
Rsb
Ssm
Rgu
Pvg
Hal
Ggd
Sbs

Jmb
Abd
Jmb
Pls
Bml
Rmb
Gsb
Mks
Rpp
Syp
Ptm
bbt
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोला स्थित शंकर आधारभूत विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष तुलसी रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख बासुदेव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेला कार्यक्रममा प्रमुख अतिथि खनालले राजपुरको विद्यालयहरुमा शैक्षिकसत्र २०८३ देखि अङ्ग्रेजी माध्यम पढाई सुरु गर्ने बताएका छन् । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि यस किसिमका शैक्षिक कार्यक्रमहरु अघि बढाउन लागिएको बताए ।
विगतका पठनपाठनलाई समिक्षा गर्दै अबदेखि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने योजनाका साथ शिक्षा शाखा र राजपुर गाउँपालिका अघि बढ्न लागेको उनको भनाइ थियो । यस्तै उनले शंकर आविले कक्षा ५ को बोर्ड परीक्षाबाट शतप्रतिशत रिजल्ट ल्याएर पालिका स्तरमा राम्रो रेकर्ड बनाउन सकेकोमा विद्यालय परिवारलाई हार्दिक बधाईका साथ धन्यवाद समेत दिएका थिए ।
विद्यालयका शिक्षिका दुजमाला (पुन)वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतमा विद्यालयलाई यो स्थानसम्म ल्याउन आफू लगायत आफ्नो टिमले धेरै मेहनत गरेको बताए । आफुहरुले धेरै मेहनत गरेको हुँदा आज कक्षा ५ को बोर्ड परीक्षामा शतप्रतिशत ल्याउन सकेको प्रधानाध्यापक शुक्लाले बताए ।
त्यस्तै उनले आगामी दिनमा आफू लगायत विद्यालय परिवार सबै मिलेर शिक्षाको गुणस्तर सुधार कार्यक्रममा जोड दिने बताए । विगतमा धेरै संघर्ष गरेर विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधारन समय धेरै खर्चेको भएपनि अबको धेरै समय गुणस्तर वृद्धिमा प्रदान गर्ने योजनाका साथ आफू र विद्यालय परिवार लाग्ने प्रधानाध्यापक शुक्लाले बताए । त्यस्तै शैक्षिकसत्र २०८३ बाट आफ्ना बालबालिकालाई शंकर आधारभूत विद्यालयमै पढाउने धेरै अभिभावकहरुको भनाइ रहेको समेत प्रधानाध्यापक शुक्लाले जानकारी दिए ।
भिटा परियोजना कार्यक्रम राजपुरका प्रमुख गिरराज भट्टले भेलाको प्रकाश पारेका थिए । उक्त कार्यक्रममा भिटा परियोजना कार्यक्रमका फिल्ड सहायक रामवरण यादव,विद्यालयका पुर्व अध्यक्ष पदम बहादुर पुन लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शैक्षिकसत्र २०८२ को परीक्षाबाट प्रथम,द्वितीय र तृतीय हुने छात्र,छात्रालाई पुरस्कार वितरण गरिएको थियोे भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक भिषम बस्नेतले गरेका थिए ।

