
Gisld
Pbu
mbd
Rbs
Mbdvs
Sds

Rgu
Rsb
Sbs
Ksm
Asm
Tsm
Sls
Rgs
Vor
Ggd
Ssm
Gst
Hal
Bbu
Rgu
Wsp
Bbbpu
nsb
Pvg

Mks
Jmb
bbt
Bml
Rpp
Syp
Abd
sab
Ptm
Rmb
Jmb
Pls
Gsb
विराटनगर – सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला पारेको थियोे।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र उनीसँगै सवार भारतीय नागरिक सुपौल जिल्ला हनुमाननगर ग्राम पञ्चायत–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
प्रहरीका अनुसार यादवको साथबाट नेपाली रुपैयाँ ५ लाख १ हजार ५०५ र भारतीय रुपैयाँ ५ हजार ३५० फेला परेको थियो । त्यस्तै, मुखियाको साथबाट नेपाली १ लाख ४७ हजार २०५ र भारतीय ७ हजार ६०० रुपैयाँ बरामद भएको छ ।
कुल नेपाली ६ लाख ४८ हजार ७१० र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद गरीएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई दुवै जनालाई हुण्डी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाकारी दिएको छ।
