
Pbu
Gisld
Sds
Rbs
mbd
Mbdvs

Sbs
Vor
Tsm
Rgs
Sls
Rsb
Rgu
Ksm
Rgu
Bbu
nsb
Ggd
Pvg
Gst
Ssm
Wsp
Asm
Hal
Bbbpu

Syp
Jmb
Pls
Rpp
Abd
Ptm
Gsb
bbt
Jmb
Rmb
Bml
Mks
sab
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज साँझ करिब १८:०५ बजे पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा जिप चालक अर्जुन साउँदसहित ८ जना सवारमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेका छन् ।
यस्तै घाइते ६ जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी,कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
