
Pbu
Mbdvs
Gisld
mbd
Rbs
Sds

Vor
Rgu
Bbu
Sls
Bbbpu
Ggd
Rgs
Pvg
Rsb
nsb
Ksm
Hal
Tsm
Sbs
Gst
Asm
Ssm
Rgu
Wsp

Syp
Bml
Gsb
Rmb
Ptm
sab
Rpp
bbt
Jmb
Mks
Abd
Jmb
Pls
काठमाडौँ-वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्ने २१ वर्षीय नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने २७ वर्षीया दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन्।
प्रहरीका अनुसार नरेन्द्रले बुल्गेरिया पठाइदिने बहानामा तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ असुलेकी थिइन्। यस्तै, राजु प्रसादले बेलायत पठाउने प्रलोभन देखाएर एक जनाबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूले उजुरी दिएपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको थियो। सोही क्रममा नरेन्द्रलाई काठमाडौँको भोटेबहालबाट मंगलबार पक्राउ गरिएको हो भने दर्शना भण्डारीलाई ललितपुरको महालक्ष्मी र राजु प्रसाद कुसवाहालाई काठमाडौँको दरबारमार्ग क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विदेश पठाउने नाममा मोटो रकम असुलेर फरार हुने उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।
