
Sds
Mbdvs
mbd
Rbs
Pbu
Gisld

Pvg
Gst
Sbs
Sls
Rsb
Vor
Bbu
Asm
Bbbpu
Ksm
nsb
Ggd
Rgu
Wsp
Tsm
Rgs
Hal
Ssm
Rgu

Rmb
Ptm
Abd
bbt
Mks
Bml
sab
Pls
Jmb
Jmb
Rpp
Gsb
Syp
काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरुलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरुलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरुको उपचारककै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
कसरी भयो घटना ?
बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो । उनीहरु एक आपसमा अपरिचितसमेत हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोहीक्रममा भनाभनभएको थियो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजु भाइलाई नै पाटन आउन भने । त्यसपछि इमाडोल बस्ने दाजु भाइ पाटन पुग्छन् । सोहीक्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु पसलमा मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।अनलाइनखबर
