
mbd
Gisld
Rbs
Mbdvs
Sds
Pbu

Bbu
Ksm
Ggd
Rgs
Rsb
nsb
Gst
Bbbpu
Tsm
Wsp
Rgu
Sls
Asm
Rgu
Vor
Pvg
Hal
Ssm
Sbs

Jmb
Pls
Rpp
Bml
Ptm
Syp
Jmb
Gsb
Abd
sab
Mks
bbt
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४, गोपीनालामा केही दिन अघि हत्या गरिएका स्वर्गीय स्मित प्रधानको सम्झनामा बुधबार बेलुका भालुवाङ र लालमटियामा दीप प्रज्वलन गरिएको छ ।
त्यस्तै स्थानीय युवाहरुको पहलमा ती दुवै स्थानमा दीप प्रज्वलन गरिएको हो । सहभागीहरुले हातमा दीप लिएर शान्तिपूर्ण रूपमा स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दीप प्रज्वलनसँगै केही समय मौनधारण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको थियो । उनीहरुले यस्तो क्रुर घटनाले समाजमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै निर्दोष नागरिक माथि यस्ता घटनाहरू दोहोरिन नदिन कडा कदम चाल्नुपर्ने बताएका छन् । स्थानीय युवाहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्।
यस्तै उनीहरुले प्रहरी प्रशासनलाई सत्य तथ्य बाहिर ल्याउन दबाब दिँदै दोषी जोसुकै भए पनि कानुन अनुसार कडा कारबाही गर्न आग्रह गरेका छन् । साथै,पीडित परिवारलाई न्याय दिलाउन सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय बढ्दै गएका आपराधिक घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न माग गरेका छन् । उनीहरुले गाउँपालिका तथा सम्बन्धित निकायले शान्ति सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
त्यस्तै स्वर्गीय स्मित प्रधानको हत्या प्रकरणले यतिबेला समग्र राप्ती क्षेत्रलाई स्तब्ध बनाएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन स्थानीयस्तरबाट निरन्तर दबाब सिर्जना भइरहेका छन् । उनीहरुले यस्ता घटनामा संलग्न जोसुकै भए पनि उम्कन नदिने र सत्यको पक्षमा उभिने अठोट व्यक्त गरेका छन्। गत चैत १९ गते राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । हत्यामा संलग्न एक युवती सहित ३ जना अहिले प्रहरी नियन्त्रणामा छन् ।
यस्तै घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे थियाे । हत्यामा संलग्न रहेका दाङकाे बंगलाचुली गाउँपालिका–८ घर भई हाल राप्ती–४ श्रीनारायण चोक बस्ने बर्ष २० का संदिप वली, राप्ती–४ मौरिघाटका करिब १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढा प्रहरी नियन्त्रणमा छन् । उनीहरुलाइ अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । प्रहरीले घटनास्थलबाट चक्कु,ढुंगा,बाँसको टुक्रा,प्लास्टिकको डोरी, चस्मा,टावेलका टुक्रा र चार वटा मोबाइल फोन बरामद गरेको थियाे ।
