
mbd
Pbu
Gisld
Rbs
Mbdvs
Sds

Sbs
Sls
Rgs
Bbbpu
Ksm
Rgu
nsb
Wsp
Gst
Hal
Pvg
Ggd
Vor
Asm
Rgu
Ssm
Tsm
Rsb
Bbu

Mks
Bml
Syp
Ptm
Rmb
Pls
sab
bbt
Abd
Gsb
Jmb
Rpp
Jmb
काठमाडौं । हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाही सहित पाँच जनाले सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो ।
आपराधिक लाभ लिएको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । प्रहरी निरीक्षक शाही सहित सुस्मा विश्वकर्मा,ताजमूल भन्ने तजम्मुल इसलाम,भीमादेवी थापा,महेन्द्र हमाल र दर्शन पोखरेलविरूद्ध मुद्दा दायर भएको थियो । शाही र पोखरेल पछि अदालतमा उपस्थित भएका थिए ।
यस्तै उनीहरुमध्ये तजम्मुल इसलामलाई अदालतले दोषी ठहर गरेको हो । अदालत स्रोतका अनुसार उनलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो । संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट ३० लाख रकम असुल गरेको आरोप थियो ।
त्यस्तै जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएर उनीहरुले इन्द्रकुमारबाट सुरुमा ६० लाख रकम माग गरेको आरोप थियो । उनीहरुले इन्द्रकुमारलाई प्रहरी प्रभाग बुंगमतीमा पुर्याएर प्रहरी निरीक्षक शाहीकै अगाडि उक्त रकम माग गरेको आरोप लगाएको थियो । तर त्यस मुद्दाबाट प्रहरी निरीक्षक शाही लगायतले सफाइ पाएका हुन् ।सेतोपाटी
