
Rbs
Pbu
Sds
mbd
Gisld
Mbdvs

Ksm
Gst
Tsm
Rgu
Sbs
Ssm
Vor
Bbbpu
Rgs
Ggd
nsb
Asm
Sls
Bbu
Rsb
Wsp
Rgu
Pvg
Hal

Pls
Jmb
Bml
Syp
bbt
Abd
Rpp
Rmb
Ptm
Gsb
Mks
Jmb
sab
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्युरोको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुले ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुलेको प्रहरीले जनाएको छ ।
साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससम्बन्धी कागजातहरु परिवर्तन गरी मिलेमतो गरेको पाइएको हो ।
त्यस्तै पक्राउ पर्नेहरुमा धनकुटा पाख्रीबासका ३३ वर्षीय दिवाकर देउजा,बझाङ दुर्गाथलीका २५ वर्षीय भरत धामी,तनहुँ बन्दीपुरका ३९ वर्षीय संजय भट्ट,काठमाडौँको बानेश्वरका ३५ वर्षीय भाष्कर राज अर्याल,मकवानपुरका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहबीका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् ।
यस्तै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।रातोपाटी
