
Rksr-7
Gsbr-6
ksbl-7
Usbl-7
Csbg-7
Jsbg-7
jsbr-3
Gsbg-3
Msbg-2
Pbu


काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सङ्घीय संसद सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनिहरुलाई शपथ गराएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी,सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई,विकास आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले शपथ लिएका हुन् ।
त्यस्तै सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा हिजो बसेका समिति बैठकमा दलहरुबीचको सहमतिका आधारमा एकरएक उम्मेदवारको प्रस्ताव परेपछि उनिहरु निर्विरोध निर्वाचित भएका थिए ।
