
Sds
Pbu
Gisld
mbd
Rbs
Mbdvs

Gst
Sls
Wsp
Pvg
Vor
Ksm
nsb
Ssm
Bbbpu
Rsb
Bbu
Hal
Ggd
Sbs
Rgu
Rgs
Tsm
Asm
Rgu

Ptm
bbt
Rpp
Abd
Rmb
Pls
Gsb
Mks
Bml
Jmb
sab
Jmb
Syp
दाङ । देउखुरीको लमहीमा रहेको लमही अस्पतालको समग्र व्यवस्थापन सुधार गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले व्यवस्थापन,सुधार तथा विकास सम्बन्धि जिम्मेवारी समिति सदस्य अजय न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीका अनुसार अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस्तो जिम्मेवारी तोकिएको हो । अब न्यौपानेले अस्पतालको समग्र अवस्था अध्ययन गर्ने,सेवा तथा व्यवस्थापन सुधारका लागि आवश्यक पहल गर्ने,र अस्पताल तहबाट समाधान हुन नसक्ने विषयहरु व्यवस्थापन समितिसमक्ष प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन् ।
त्यस्तै अध्यक्ष चौधरीले भने, “अस्पताल क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सेवा गुणस्तर अभिवृद्धि गर्न यो निर्णय गरिएको हो । अस्पताल तहबाट गर्न सकिने काम तत्काल अगाडि बढाइनेछ, र दीर्घकालीन समाधानका लागि आवश्यक योजना तयार गरी समितिमा प्रस्तुत गरिनेछ ।”
त्यस्तै यस निर्णयसँगै लमही अस्पतालमा सेवा सुधार,व्यवस्थापन सुदृढीकरण तथा बिरामीमैत्री वातावरण निर्माणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । स्थानीयवासी तथा सरोकारवालाहरुले पनि यस पहललाई स्वागत गर्दै अस्पतालको समग्र सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ जिम्मेवारीसँगै न्यौपानेले प्रभावकारी नेतृत्व र योजनामार्फत अस्पताललाई व्यवस्थित,पारदर्शी र गुणस्तरीय सेवायुक्त संस्थाको रुपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
