
Gisld
Rbs
Pbu
mbd
Sds
Mbdvs

Asm
Gst
Bbbpu
Wsp
Hal
Ksm
Sbs
Ssm
Rgu
Sls
Rgs
Pvg
Vor
Rsb
Ggd
Rgu
Tsm
Bbu
nsb

Gsb
Mks
Jmb
Pls
sab
Ptm
Rpp
Bml
Syp
Jmb
bbt
Rmb
Abd
दाङ । देउखुरी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
सोमबार गाउँपालिकामा आयोजित सेवा प्रवाह सुधार सम्बन्धी प्रभावकारी व्यवस्थापन तथा सञ्चालन विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले नागरिकको अपेक्षा अनुसार छिटो, सरल र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सेवाग्राहीलाई अनावश्यक झन्झट, ढिलासुस्ती तथा प्रक्रियागत जटिलता नहुने गरी काम गर्न विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाह सुधारका लागि कर्मचारीबीच समन्वय, अनुशासन र कार्यसम्पादन प्रभावकारी हुनुपर्ने बताए । उनले प्रत्येक शाखाले आफ्नो जिम्मेवारी स्पष्ट रुपमा बुझेर समयमै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै सेवाग्राहीको सन्तुष्टि नै स्थानीय तहको सफलता मापनको प्रमुख आधार हुने उल्लेख गरे । साथै, सेवा प्रक्रियामा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्दै आवश्यक सुधारका उपाय अवलम्बन गरिने जानकारी दिए ।
छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न शाखाका शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा शाखा प्रमुखहरुले आ–आफ्नो शाखाबाट हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
त्यस्तै गाउँपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई अझ सहज,छिटो र नागरिकमैत्री बनाउन नीतिगत तथा व्यवस्थापकीय सुधारका थप कदम चाल्ने जनाएको छ ।
