
Sds
Pbu
Rbs
Mbdvs
Gisld
mbd

Vor
Rgu
Tsm
Rsb
Rgs
nsb
Sls
Ssm
Wsp
Asm
Sbs
Rgu
Ggd
Hal
Pvg
Gst
Bbu
Ksm
Bbbpu

bbt
Mks
sab
Abd
Jmb
Rmb
Jmb
Bml
Rpp
Syp
Ptm
Pls
Gsb
जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूका विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ गरिएकाे छ।
गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क र ट्राइल सेन्टरबाट प्रहरीले ३४ जना बिचौलिया पक्राउ गरेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोबिन्द थपलियाले जानकारी गराए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको मालपोत कार्यालयबाट ७ र ट्रायल सेन्टरबाट २ गरी ९ जना, पर्साको वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना गरी ७ जना त्यसैगरी, रौतहटको मालपोत कार्यालय, अदालत र बस पार्कबाट ६ जना, सप्तरीबाट ११ जना र सिरहाबाट १ जना गरी ३४ बिचौलिया पक्राउ परेका हुन्।
उनीहरूको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराए।
