
Unsku
sbs
Srbpu
Pbu
Rgp
pku
Gfs
cjs
Sgr
Lnp
Rgp1
Djs
Ggp
Pes

Wsp
Asm
Sbs
Sls
Ksm
Rgu
Pvg
Rgu
Rsb
Tsm
Gst
Bbbpu
Ssm
Vor
Rgs
Bbu
Ggd
nsb
Hal

Pls
Rpp
sab
Mks
Rmb
Jmb
Gsb
Jmb
Bml
Ptm
Abd
bbt
Syp
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रुपमा विकास गर्ने गरी पहल भइरहेको बताए ।
विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे । शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।
त्यस्तै ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’उनले भने,‘यसलाई नमुना अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’ प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए ।
यस्तै ‘एमआरआई मेसिन जडान भएपछी सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ’उनले भने,‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’
स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे । साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल,स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएको कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले गरेका थिए ।

