
pku
Djs
Pes
Pbu
cjs
Rgp1
Sgr
Ggp
Gfs
Ses
Unsku
Rgp
Srbpu
Lnp

nsb
Vor
Rgu
Pvg
Sbs
Sls
Hal
Tsm
Ggd
Gst
Ssm
Ksm
Wsp
Rgs
Rgu
Rsb
Bbbpu
Bbu
Asm

Bml
bbt
Abd
Gsb
Rpp
Rmb
Jmb
Mks
Pls
Syp
sab
Jmb
Ptm
काठमाडौँ । शुक्रबार भोलिदेखि तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले अनुरोध गर्दै तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो।
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । लगत्तै शुक्रबार नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहितका तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको प्राधिकरण जनाएको छ ।
त्यस्तै पर्सि शनिबार पूर्वी नेपालमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । प्रि-मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने,कमजोर संरचना र छाना उड्ने,विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ।
यसैगरी प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन,हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु,आगोका स्रोतहरु बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न,भिडभाडमा भए नआत्तिन,भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ । देशसञ्चार
