
Sgr
Djs
Rgp
Unsku
Srbpu
pku
cjs
Gfs
Ses
Ggp
Pes
Rgp1
Lnp
Pbu

Pvg
Rsb
Rgu
Tsm
Asm
Ggd
Hal
Rgu
Ksm
Ssm
nsb
Bbbpu
Sls
Gst
Rgs
Bbu
Sbs
Wsp
Vor

Jmb
Abd
Mks
Gsb
Syp
Ptm
bbt
Pls
Rpp
sab
Rmb
Bml
Jmb
धनगढी । कैलालीकाे खक्राेला नाकामा रहेकाे शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् ।
टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो ।
त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा छलफल भएकाे थियाे । छलफल सकिएपछि स्थानीय युवा र केही ब्यापारी गुल्ममै छिरेर हातपातमा उत्रिएकाे बुझिएकाे छ ।
गुल्मभित्र छिरेकाे अनियन्त्रित भीडले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथिसमेत हातपात गरेका छन् । डीएसपी पौडेलले सीमा नाकामा ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको प्रारम्भिक जानकारी छ ।
घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।देशसञ्चार
