
Sgr
Gfs
Rgp
Lnp
pku
Ses
Pes
Ggp
Rgp1
Djs
Srbpu
cjs
Pbu
Unsku

Ssm
Sbs
Asm
Bbu
Rgu
Sls
Pvg
Ggd
Wsp
Rsb
Ksm
Rgu
Hal
nsb
Tsm
Bbbpu
Gst
Vor
Rgs

Rmb
Bml
Gsb
Jmb
Pls
Abd
Jmb
Mks
Syp
Ptm
sab
bbt
Rpp
दाङ । जिल्लाभर एक महिनाको अवधीमा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने ४५ जना घाईते भएको प्रहरीको तथ्याङकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरण अनुसार जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको हो । यो अवधीमा ४८ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
त्यस्तै प्रहरीका अनुसार तिव्र गति र मादक पदार्थ सेवनका कारण सवारी दुर्घटना भएका छन् । यस्तैगरी प्रहरीले एक महिनाको अवधीमा ट्राफिक नियम विपरित चलेका १०६४ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारवाही गरी दश लाख ७७ हजार ५ सय रुपैया राजस्व संकलन समेत गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएजो छ ।
